बझाङ : बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार संक्रमणहुनेमा बझाङ को जयपूथ्वी नगरपालिकाका १ जना ,जिल्ला प्रहरी कार्यलय बझाङका १ महिला र ३ पुरुष गरी ४ जना प्रहरीमा र जिल्ला अस्पताल बझाङका १ जना स्वास्थ्यकर्मिमा संक्रमण भेटिएको छ । यो संगै जिल्ला भर संक्रमितको संख्या ६३९ पुगेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्