तीन वर्षसम्म पनि बनाउन सकेनन् बझाङमा स्थानीय तहले भवन, लाखौंको रकम भाडा तिर्नमै खर्च

Image

बझाङ ;  स्थानीय तह निर्माण भएको ३ वर्ष पुग्नै लाग्दा पनि  बझाङका ९ स्थानीय तहले भवन निमार्ण गर्न सकेका छैनन् ।बझाङका १२ वटा स्थानीय तहमध्ये ३ स्थानीय तहले मात्रै कार्यालय भवन निर्माण गरेका छन् ।

जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका र तल्कोट गाउँपालिका रहेका छन् । भवन निर्माण गरेकै स्थानीय तहलाई पनि अझैं भवनको पर्याप्तता नभएको देखिन्छ । ३ वर्षसम्म पनि भवन निर्माण नगर्दा बझाङका ९ स्थानीय तहको लाखौंको रकम भाडा तिर्नमै जाने गरेको छ ।केदारस्युँ गाउँपालिका यसअघि भाडामा बसिरहेकोमा अहिले साविकको रायल गाविस भवनमा भाडा नतिरेर बसिरहेको छ । केदारस्युँ गाउँपालिकाले देउराको बेताल मन्दिर नजिक जमिन खरिद गरिसकेको छ भने भवन निर्माण हुन बाँकी रहेको गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् । यस्तै थलारा गाउँपालिका खोलीमा एक घर भाडामा लिएर बसिरहेको छ । उसले मासिक २० हजार भाडा तिर्दै आएको छ । थलाराले पनि गाउँपालिका कार्यालय निर्माणका लागि वडा नम्बर ५ को सेडीधारमा जमिन खरिद गरेर टेण्डर प्रक्रिया सुरु गर्न थालेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय जनाए ।

उता वित्थडचिर गाउँपालिका हाल मासिक ५४ हजार मासिक भाडा तिरेर देउलेखस्थित एक भवन भाडामा लिएर काम चलाइरहेको छ । उसले पनि सोही भवन पछाडी जमिन खरिद गरि भवनको जग निर्माण गरिरहेको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए । हाल मासिक ३० हजार भाडा तिर्दै आएको खप्तडछान्ना गाउँपालिकाले पनि पसल बगरको इलाका प्रहरी कार्यालय नजिक २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यसहित भवन निर्माण गरिरहेको जनाएको छ । यस्तै दुर्गाथली गाउँपालिका पनि साविकको चौधारी गाबिस भवनमा बसिरहेको छ तर दुर्गाथलीले मासिक ३० भाडाका लागि छट्याउने गरेको दुर्गाथली गाउँपालिका ७ का वडाध्यक्ष ऐन दौल्यालले बताए ।

साइपाल गाउँपालिकाले पनि मासिक ३० हजार भाडा तिर्दै आएको छ । उसले गाउँपालिका भवन निर्माणका लागि टेण्डर भएर काँडास्थित घाटमा निर्माण सुरुवात गरेको जनाएको छ । यता मष्टा गाउँपालिका हाल भातेखोला गाबिस भवनमा बसिरहेको मष्टा गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष राजेन्द्र खड्काले बताए । भाडा तिर्नु नपरे पनि मष्टालाई पनि अर्को भवनको आवश्यकता छ । त्यस्तै बुंगल नगरपालिकाले पनि ७० हजार मासिक घरभाडा तिरिरहेको छ । नयाँ भवनका लागि डिपिआर सम्पन्न भइसकेको र तिहारपछि टेन्डर प्रक्रियामा जाने नगरपालिकाले जनाएको छ । दिनेश खबर बाट

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन