प्रधानमन्त्री ओली र कार्यवाहक अध्यक्ष प्रचण्डबीच ११ दिनपछि भेटवार्ता

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भएको भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्न थाले पछि प्रचण्डले असन्तुष्टि जनाउँदै आउनुभएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पटक पटक बोलाउँदा पनि बालुवाटार नगएका कार्यवाहक अध्यक्ष प्रचण्ड ११ दिनपछि आज बालुवाटार जानुभएकाे प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

अहिले प्रधानमन्त्री ओलीले र कार्यवाहक अध्यक्ष प्रचण्ड विच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले बोलीमा एउटा र व्यवहारमा अर्को निर्णय गर्ने गरेको भन्दै कार्यवाहक अध्यक्ष प्रचण्डले गुनासो गर्नुभएको छ । आजको भेटमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र पर्सा घटना लगायतका विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो ।

Bungal Purai
Bithadchir 2
Loading...