बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवले पदबाट सामुहिक राजीनामा दिएका छन् ।
नेपाल पत्रकार महासंघका नयाँ सदस्यता वितरणमा महासंघका अध्यक्ष जगदिश रोकाया र सचीव सैलेन्द्र रोकायाले पत्रकारीता क्षेत्र संग कुनै साइनो सम्बन्ध नभएका राजनितिक दलका सक्रिय कार्यकर्ता, आफ्नो परीवारका एकाघरका सदस्य तथा आसेपासेहरुलाई पत्रकार महासंघको सदस्यको रुपमा राखेर महासंघको गरीमा कलंकित गरेको भन्दै उपाध्यक्ष सम्राट सिंह, कोषाध्यक्ष राजेन्द्र सिंह र सहसचिव सुवास कठायतले बिहिबार लागू हुने गरी सामुहिक राजीनामा दिएका हुन ।
पेशागत मर्यादा सित जोडिएको सदस्यता शुद्धीकरण गर्न प्रस संगठन बझाङले लामो समयदेखी माग राख्दै पत्रकार महासंघ बझाङमा ताला समेत लगाएको थियो । महासंघको कार्यालयमा तालाबन्दी भएको ३८ दिन भईसक्दा पनि समितीले कुनै टुङ्गो लगाउन नसक्दा र पत्रकारको संस्थालाई गैर पत्रकारको अखडा बनाईएकोले पेशागत मर्यादालाई ध्यानमा राख्दै यस्तो संगठनमा बस्न उचित नदेखिएकोले तीनै जनालाइ प्रेस संगठन नेपाल बझाङले नेपाल पत्रकार महासंघ बझाङ शाखाको जिम्मेवारीबाट फिर्ता बोलाएको छ ।पत्रकारको संस्थालाई गैर पत्रकारको अखडा बनाईएकोले पेशागत मर्यादालाई ध्यानमा राख्दै यस्तो संगठनमा बस्न उचित नदेखिएकोले तीनै जनाले राजिनामा दिएका हुन् । नेपाल पत्रकार महासंघमा पत्रकार भन्दा पार्टीका कार्यकर्ता धेरै भएपछि आफुलाई पत्रकार महासंघको कार्यसमितिमा छौ भन्दा पनि लाज लाग्ने अवस्था आएपछि आफुले कार्यसमितिको जिम्मेवारीबाट सामुहिक राजिनामा दिएको बताएका छन्
बझाङमा पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा युनियनले एकाधिकार जमाएको भन्दै प्रेस संगठनले विरोध जनाउदै आएको छ । प्रस संगठन बझाङले अव आगामी दिनहरुको आन्दोलनका बारेमा दशैँ सकिए लगत्तै बैठक बोलाई निर्णय गर्ने प्रेस संगठन बझाङका अध्यक्ष रमेश केसीले जानकारी दिए ।