बुङगल नगरपालीकाका ईन्जिनियर डम्मर धामीलाई मातृशोक

बझाङ: बुङगल नगरपालीकाका ईन्जिनियर डम्मर धामीलाई मातृशोक परेको छ । केदारस्युँ गाउपालिका वडा नं ६ भाडसैनमा घाँस काट्ने क्रममा लडेर ईन्जिनियर धामीकी ५६ बर्षिया आमा नर्मा देवी धामीको ज्यान गएको हो । पारिवारिक स्रोतका अनुसार सोमवार विहान घर नजिकैको सल्लेरि वनमा घाँस काट्ने बेला लडेर ज्यान गएको हो ।
मृतक नर्मा देवी धामीका ३ छोरा र २ छोरी छन । उनका श्रीमान महाविर धामी सरस्वति प्राथमिक विध्यालय विनाडाका प्रधानाध्यापक हुन ।

उनका ४ छोरा र २ छोरी छन् । ईन्जिनियर डम्मर धामीले आफुले आमा मात्र नभयर एउटा असल साथी र संरक्षक गुमाएको बताएका छन । एका विहानै आमाको मृत्युको खबरले आफुलाई मर्माहित बनाएको छ । हिजो बेलुका आमा संग कुरा हुदा विहानै घर पुग्छु भनेको थिय । तर आमाले म घर नपुग्दै संसार छोडेर जानु भयो ।

Bungal Purai
Bithadchir 2
Loading...