Jayaprithvi Municipality

बझाङमा असोज २७ गतेदेखि नियमित हवाइ सेवा सञ्चालन हुने

बझाङ : बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । हप्ताको बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको हो । धनगढी-बझाङको भाडादर भने ५ हजार ४८ रुपैंया तोकिएको छ ।

समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बहीबार र शुक्रबार मात्रै उडान हुने छ । देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान भएको थियो । धनगढी-बझाङ यात्रा गर्न २५ मिनेट व्यतित हुने गरेको छ ।

 

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...