डा. केसी अनसन ताेड्दै, शनिवार मध्यराती डा. केसी र सरकारी वार्ता टोली विच ८ बुँदे सहमति

काठमाडौँ — लामाे समय देखि चिकित्सा शिक्षा र सेवा सुधारका लागि संघर्षरत  डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा डा. केसी चिकित्सा शिक्षा र सेवा सुधारकाे माग गर्दै  उनले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते आमरण अनशन थालेका थिए । शनिवार मध्यराती डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सहमति भए स‌गै डा. केसीले आइतबार बिहान अनसन तोड्ने जनाएका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारका लागि बेला बेलामा सरकार र डा केसी विच विभिन्न सम्झाैता भएका छन । तर सरकारले वार्तामात्र गर्ने र सहमति कार्यान्वयन नगर्दा डा केसी अनसन बस्दै आएका छन । यसपाली पनि सहमति कार्यान्वयन हुने नहुनेमा ढुक्क हुने अवस्था छैन । लामाे समयदेखि अनसनरत केसी संग वार्ता नगरेकाे भन्दै सामाजिक संजालमा सरकारकाे आलाेचना हुदै आएकाे थियाे ।

सरकार र डा. गोविन्द केसी भएकाे सम्झाैता पत्र

janahit ma jari sandesh
Masta R.M
Loading...