नेपालमा एकै दिन ५ हजार ८ जना नयाँ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ लाख ५ हजार नाघ्याे

काठमाडौँ —  नेपालमा पछिल्लाे २४ घन्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । काेराेना संक्रमितकाे संख्या एक लाख नाघे पनि देशभरी सक्रिय संक्रमितको संख्या भने ३० हजार ८१८ मात्र छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा  प्रवक्ता डा जागेश्वर गौतमले एकै दिन ५ हजार ८ जना नयाँ थपिएकाे बताएका हुन ।

यस्तै नेपालमा हालसम्म ७४ हजार २ सय ५२ जनाले कोरोना जितेर घर फर्केका छन । पछिल्लो २४ घन्टामा १ हजार २ सय २९ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भए स‌गै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

Loading...