सुरेस धामी बझाङ : ज्यावन युवा समाजले आज अनलाईन मार्फत हिन्दुहरुको महान पर्व वडा दशै तथा शुभदिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । ज्यावन मुलवासी भई देश तथा विदेशमा रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध ज्यावनी समुदायले अनलाईन मार्फत शुभकामना शन्देश दिएका छन । विगतका बर्षहरुमा काठमाडौमा जम्मा भई कार्यक्रमको आयोजना गरेर हुने शुभकामना आदान प्रदान कार्यक्रम यस बर्ष भने कोरोना भाईरसका कारण प्रभावित भएको हो । कोरोना संक्रमणको जोखिम बढेकाले अनलाईन प्रविधिको जुम मिटिङ बाट गरिएको आयोजक संस्था ज्यावन युवा समाजले जनाएको छ ।
कार्यक्रमका सहभागिहरुले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनिहरुलाई शुभकामना प्रदान गर्नुका साथै कोरोना संक्रमणको जोखिम कायम भएकाले चाडपर्वको बेला उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिएका छन । कार्यक्रममा बोल्दै ज्यावन युवा समाजका संरक्षक तथा प्रमुख अतिथि प्रताप गुर्धामीले बर्तमान समय कोरोना संक्रमणको भय भएकाले घरमै सुरक्षित बसेर चाडपर्व मनाउन आग्रह गरेका छन । समाजरुपान्तरणको अभियानमा आफु सदैव तयार रहेको बताउदै गुर्धामीले ज्यावनी समाज संग जोडीएका सम्पुर्ण साथीहरुले सामाजिक काममा लाग्न पनि अनुरोध गरेका छन । कार्यक्रममा ज्यावन मुलघर भै देश तथा विदेशमा बसोबास गरिरहेका विभिन्न पेशा व्यवसायमा आवद्ध २ सय भन्दा बढी सहभागि थिए ।