देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : सरकारको शैली काम कुरो एकातिर कुम्लो बाेकी ठिमी तिर

Image

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । शुक्रबार सम्म कोरोना सक्रमण बाट ६ सय बढीको ज्यान गएको छ । हाल नेपालमा २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमितके संख्या बढे सगै देशभरका अस्पतालहरूमा आइसोलेसन र आईसीयू बेड अभाव हुन थालेका छन ।

देशभर संक्रमितको संख्या बढे पनि रोकथामका लागी सरकारको ध्यान जान सकेको छैन । कोरोना संक्रमितको संख्या न्यून हुँदा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठक महिनामा तीन पटक सम्म बस्ने गरेको थियो । तर सबै भन्दा बढी संक्रमण बढेको असोज महिनामा भने एक पटक बैठक बसेको छ ।

असोज महिनामा बसेको मन्त्रिपरिषद्का पाँचवटा बैठकमा पनि कोरोना संक्रमण  रोकथाम गर्ने विषयमा कुनै निर्णय नभई भीडभाड हुने क्षेत्रहरु खुला गर्ने र विभिन्न पदहरुमा नियुक्ति पदावधि थप, अस्थायी कर्मचारी दरबन्दी थप, रोकिएका परीक्षा सञ्चालनलगायत विषयमा मात्रै छलफल भएका छन् । कोरोना संक्रमित बढि रहेका बेला सक्रिय हुनुपर्ने सीसीएमसी निर्देशक समिति यो समयमा निष्क्रिय देखियो । गएको साउन र भदौमा ३/३ पटक सीसीएमसीको बैठक बसेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन