Jayaprithvi Municipality

बझाङमा पौडी खेल्न गएका बालकको सेती नदीमा डुबेर मृत्यु

बझाङ : सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर ज्यान गएको छ । मंगलबार थलारा गाउँपालिका वडा नम्बर ९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको डुबेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको र वेलुकी ६ बजे खोजीका क्रममा शव फेला परेको जनाइएको छ ।

विवशले नहाउन भनी कपडा खोलेर किनारमा राखेको हुँदा डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएकोे बझाङ प्रहरी प्रमुख रुपक खड्काले बताए ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...