पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिए

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जना नयाँ थपिएका छन भने १९ जनाको मृत्यु भएको बताए । सगै देश भर कोरोनाका संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय ३३ जना डिस्चार्ज भए सँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ । हाल सम्म ५ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म १० लाख ८८ हजार २ सय २९ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएका छन् । देशभर २३ हजार ५ सय ७ जना सकृय संक्रमित रहेका छन ।

janahit ma jari sandesh
Masta R.M
Loading...