बझाङ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङमा तालबन्दी भएको २० दिन भइसक्दा पनी ताला खुलेको छैन् । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको नामसहित सिफारिस गर्न भनि परिपत्र आएकोमा गैर पत्रकार र राजनितिक दलका कार्यकर्ताहरुलाई नेपाल पत्रकार महासंघको सदस्यताका लागी सिफारिस गरेको भन्दै प्रेस संगठन नेपालले भाद्र ३० गते तालाबन्दी गरेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जगदिश रोकाया सचिव शैलेन्द्र रोकायाले आफुखुसी गैर प्रकारहरुलाई नयाँ सदस्यका लागी सिफारिस गरेको थियो । उक्त सदस्यका लागी सिफारिस गरिएका गैरपत्रकारहरुको सिफारिस रोक्ने र विगतदेखी नै नेपाल पत्रकारको सदस्य रहेका गैर तथा निष्क्रिय पत्रकारहरुलाई महासंघबाट हटाउनु पर्ने प्रेस संगठनले माग राखेको थियो ।
गैरपत्रकार र निष्क्रिय पत्रकारहरुको साधारण सदस्यता समेत नरहने गरी खारेजीको माग गर्दै आएको प्रेस संगठनले आफ्नो माग पुरा नभएको भन्दै तालावन्दी गरेको थियो । तालाबन्दी भएको बीस दिन भइ सक्दा पनि नेपाल पत्रकार महासंघले ताला खोल्न कुनै पहल गरेको छैन् । यसै विषयलाइ लिएर असोज २ गते बसेको सर्वपक्षिय बैठक पनि सोमबार बस्ने गरी स्थगित गरिएको थियो । साथै सिफारिस गरिएका गैरपत्रकारहरुको नाम खारेज गर्ने तथा विवाद समाधानका लागि चार सदस्यीय, पत्रकार बसन्तप्रताप सिंह, सम्राट सिंह, जनक खड्का र जगत खड्का गरी चार जनाको समिति गठन गरेको पत्रकार महासंघका अध्यक्ष जगदिश रोकायाले जानकारी दिए । चार सदस्यीय समिति गठन भए पनि २० दिनसम्म कुनै टुङ्गो लागेको छैन ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जगदिश रोकायाले भने गठीत समितिले निष्कर्ष निकाकेको आधारमा अघि बढ्ने हो । चारैजना अहिले सम्म बस्नुभएको समितिको निर्णय आएपछि ताला खुल्छे बताए । यता छानविन समितिमा रहेका पत्रकार वसन्तप्रताप सिंहले छानविन समितिमा आफुलाई राखिएको विषयमा हालसम्म जानकारी नभएको बताए । ‘केहीदिन अनौपचारीक रुपमा बसेर विवाद मिलाऔं भनने कुरा भएको र समसतिमा मलाई राखिएको जानकारी छैन,’ पत्रकार सिंहले भने । साथै पत्रकार महासंघले विवाद सुल्झ्याउन तथा ताला खोल्ने विषयमा छलफल गर्न खासै चासो नदिएको तथा आनाकानी गरेको समेत संगठनले आरोप लगाएको छ ।