समिट एयरको जहाज बझाङ पुग्यो, नियमित उडान चाडै हुन्छ : मन्त्री भट्टराई

Image
परिक्षण उडानका लागी बझाङ पुगेको समिट एयरको नाइन एन एएमजी जहाज । तस्विर मकरराज धामी ।

बझाङः एक दशक देखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलमा नियमित जहाज उडानका लागी शनिवार परिक्षण उडान गरेको छ । समिट एयरको नाइन एन एएमजी जहाजले परीक्षण उडान गरेको हो । वि.सं. २०३२ सालमा सञ्चालन भएको विमानस्थल एक दशक अघि देखी बन्द अवस्थामा छ । परिक्षण उडानका क्रममा बझाङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले देवल विमानस्थल बाट नियमित उडानका लागी पहल गरिने बताए । जहाज नियमित रुपमा संचलान गर्न आफ्नो मन्त्रालय चिन्तीत रहेको भन्दै मन्त्री भट्टराईले बझाङमा नियमित उडानका लागी तालिका बनाएर निकट भविश्यमै नियमित उडान हुने र अब धनगढी बेस बनाएर बझाङ, बाजुरा, अछाम, डोटी र बैतडीमा नियमित उडान सुरु गर्ने बताए ।


बझाङको देवल विमानस्थल धनगडी पछिको दोस्रो ठुलो विमानस्थल हो । पाईलट आङदोर्जे शेर्पाले रनवे लगायतका अबस्था सहज र राम्रो भएको प्रतिक्रिया दिए । जहाजलाई आवश्यक पर्ने भन्दा बढी नै क्षेत्र देखियो । प्राविधिक रुपमा कुनै समस्या छैन । अब परिक्षण उडानको रिपोर्ट तयार भए पछि नियमित उडान गरिने छ । सबै भन्दा राम्रो पक्ष भनेको बझाङको देवल विमानस्थलमा दुबै तर्फ बाट ल्यान्डिङ र टेक अफ गर्न सकिने शेर्पाको भनाई छ । परिक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराई, बझाङका प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंह, आशा कुमारी बि क, डोटीका प्रतिनिधि सभा सदस्य प्रेम आले मगर, अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महर लगायतको टीम बझाङ पुगेको थियो ।


परिक्षण उडान सफल भएकाले हवाई सेवा नियमित हुने विश्वास स्थानीयमा जागेको छ । एक दशक पछि जिल्लामा जहाज पुग्दा जहाज हेर्नेको भिड लागेको थियो । विमानस्थल बाहिर जहाज हेर्नेको घुईचो थियो । जयपृथ्वी राजमार्गमा खाल्डै खाल्डा भएका कारण यात्रा गर्न कठीन र निकै समय लाग्ने गरेको छ । बन्द अवस्थामा रहेका हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने स्थानियको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन