बैतडीः चौलानी नदी किनारमा एक महिलाको शव फेला

बैतडी; बैतडीमा एक महिलाको शव फेला परेको छ । आईतबार दिउँसो दशरथचन्द नगरपालिका वडा नं ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको बैतडीका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक हप्ता अगाडी महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ भने मृतक महिलाको परिचय खुल्न सकेको छैन ।

प्रहरी निरक्षक चन्दका अनुसार शव सड्न लागेको र महिलाको शरिरमा घाउहरु रहेका छन् । ती महिलाको कसरी मृत्यु भया भन्ने खुल्न सकेको छैन् । शरिरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको छ । मृतकको शव जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...