माईक्राेले ठक्कर दिँदा नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही घाईते

काठमाडाै माइक्रोले स्कुटी लाई ठक्कर दिँदा स्कुटीमा सवार नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाईते भएका छन। आज विहान स्कुटीमा सवार स्नेहीलाई सीतापाइलाबाट अनामनगर जाँदै गर्दा टेकुमा ठक्कर दिएको हो।  बिहान  सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोले ठक्कर दिएको हो। घाइते स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्नेहीकाे खुट्टा र कुममा चोट लागेकाे छ । बझाङ घर भएका सांसद रसाइली सिन्धुपाल्चोकको पार्टी कार्यक्रममा जान लागेको बेला दुर्घटनामा परेका हुन ।

Loading...