काठमाडौंमा कार्यरत बझाङका सैनिक जवानको कोरोनाबाट मृत्यु

बझाङ :  काठमाडौंमा कार्यरत बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारको क्रममा बझाङको छबिसपाथिभेरा-१ घर भई हाल महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

Bungal Purai
Bithadchir 2
Loading...