बैतडीमा पासोमा झुन्डीएको अवस्थामा एक चितुवा मृत फेला

बैतडी ; बैतडीमा पासोमा झुन्डीएको अवस्थामा एक चितुवा मृत  अवस्थामा फेला परको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ८ स्थित ज्याफु जंगलमा एक चितुवा मृत अवस्थामा फेला परेको हो ।

चितुवा पासोमा झुन्डीएको अवस्थामा स्थानियले देखेपछि नेपाल प्रहरी र बन कार्यालय बैतडीलाई खवर गरेका थिए । उक्त चितुवा १ हप्ता अघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत केशव पराजुलीले बताए। मृत चितुवालाई वन कार्यालयमा लगेर मुचुल्का बनाएर मात्रै गाडीने पराजुलीले बताए।

यस्तै जिल्लाको सिगास गाउँपालिका २ गाँजरीमा एक चितुवालाई स्थानीयले घेरेर राखेका छन् । स्थानीयले चितुवालाई घेरेको खबर पाएपछि प्रहरी र वनको टोली सिगास गएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

Bungal Purai
Bithadchir 2
Loading...