Jayaprithvi Municipality

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस

काठमाडौँ — राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरिएकाे छ ।   सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा  गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी बताए ।

यसअघि नै सत्तारुढ  नेकपाको सचिवालयले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ ।

आजकै बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्त गर्ने बारे निर्णय हुने भनिए पनि यसबारे कुनै निर्णय भएन । यस अघि आजकाे बैठकमा उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको  बताईएको थियो ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...