असोज ५ गते देखि यातायात र आन्तरिक हवाई उडान सञ्चालन हुने

काठमाडौँ — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गते देखि  लामो दूरीको यातायातका साधन  र आन्तरिक उडान सुचारु गर्न दिने निर्णय गरेको छ । स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत देखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले बताए ।

यस अघि यातायात व्यवसायीले सरकारले यातायात संचालनका विषयमा निणर्य नगरे असाेज १ गते देखि यातायात संचालनमा ल्याउने घाेषणा गरेका थिए । चाैतर्फि दवाव पछि सरकारले लामाे दुरीका यातायातका साधन तथा आन्तरिक उडान संचालन गर्न दिने निर्णय गरेकाे हाे ।

Loading...