सिन्धुपाल्चोक — गएराती सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा खसेको पहिरोमा परेर बेपत्ता भएका मध्ये नाै जनाको शव फेला परेको छ ।बाह्रबीसे नगरपालिका ७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिराेमा परि अझै २२ जना बेपत्ता छन् । पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।
पहिराेमा परेर ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताले । पहिरोमा अझै २२ जना बेपत्ता छन् । उनीहरूको नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानतिर लगिँदै छ ।