सिन्धुपाल्चोकको बाह्रबिसेमा फेरी पहिरो १ जनाको मृत्यु, २३ बेपत्ता

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकमा गएराती आएको बाढी पहिरोको कारण बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा ठुलो क्षति पुर्याएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएका छन । बापहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए । मेयर  शेर्पाका अनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना अझै बेपत्ता छन् । दुई जनाको उद्धार गरिएको छ । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

 

Loading...