बुंगलमा अटो दुर्घटना हुँदा एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु

Image

बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब १० बजेर २० मिनेटको समयमा टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९ सय मिटर तल भिरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बुंगल नगरपालिका–१० की अन्दाजी ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र अन्दाजी ४ वर्षीया रियास महराको घटनास्थलमै मृत्यु भएको हो।

अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। अटोमा सवार सोही ठाउँका अन्दाजी १३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको बुझिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुंगल तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य सम्पन्न गरी दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन