बझाङ । बुङ्गल नगरपालिका–३ चनाडास्थित श्री डोलारी आधारभूत विद्यालयको शिक्षक सरुवाको बिषय विवादमा आएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम हुने सरुवा प्रक्रियामा पनि कर्मचारी र जनप्रतिनिधिको गलत भुमिकाका कारण विवाद बाहिरिएको छ । सो विद्यालयमा कार्यरत शिक्षक परशुराम जोशी भदौ ८ गते सेवा निवृत्त हुने भएपछि रिक्त हुने पदका लागि भदौ ४ गते शिक्षक सरुवाका लागि १५ दिने सुचना गरि विज्ञापन खुलेको थियो । निर्धारित समयमा विद्यालयमा ५ जनाको दरखास्त परेको थियो ।
तर विद्यालय प्रसासनले चार जनाको आवेदन दर्ता नगरि १ जनाको मात्र दर्ता गरि एकल निवेदन परेको भनेर विव्यस बाट निर्णय गराई सरुवा प्रक्रिया अघिबढाएपछि विवाद चुलिएको हो । आफ्नो फाइल दर्ता नभएको थाहा पाएपछि एक जना शिक्षक ज्ञानु कुमारी भट्टले पालिकामा छानविन गरि प्रक्रिया अगाडि बढाउन निवेदन दिएपछि झण्डै एक महिना देखि सरुवा प्रक्रिया अन्यौलमा छ । प्रचलित शिक्षा नियमावली दशौँ संसोधनको नियम ९९ मा सरुवा सम्बन्धि व्यवस्थाको उपनियम १० मा तोकिएको समयावधिमा रित पुर्वक प्राप्त हुन आएका निवेदन विद्यालयमा दर्ता गरि सम्बन्धित व्यक्तिलाई दर्ताको जानकारी दिइ सोको विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर विद्यालय प्रसासनले त्यसो नगरी नियमावली विपरित काम गरेको भन्दै भट्टले स्थानिय न्यायिक समिति, प्रमुख प्रसासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई निवेदन दिएपनि वेवास्ता गरेको गुनासो गर्नु भयो । घटना के हो ? विद्यालय हाल कक्षा १ देखि ३ सम्म सञ्चालित छ । सो विद्यालयमा १ स्थायी दरबन्दि, १ जना परिचर र एक जना निजी स्रोतमा काम गर्ने शिक्षक रहेको बुझिन आयो । स्थायी शिक्षक पर्शुराम जोशी सेवा निवृत भए पछि सो दरबन्दीमा शिक्षक सरुवाका लागी विज्ञापन भएको हो ।
निजी स्रोतमा काम गर्ने शिक्षक शंकर बहादुर धामीले आफु करारमा नियुक्त हुने मनसायले यस्तो विवाद भएको हो । यसै विच शिक्षक शंकर धामीले आवेदन नबुझ्ने र फोन गरे पनि फोन नउठाउने गर्न थाले । शिक्षक धामीले आवेदन नबुझ्ने र फोन नउठाउने गरेको गुनासो शिक्षा शाखा प्रमुख संग पुगेपछि शाखा प्रमुख देवराज जोशीले विद्यालयका परिचर दिल बहादुर बोहरालाई आवेदन बुझ्न निर्देशन दिन्छन । शंकर धामीले कसैका पनि सरुवाका फाईल नबुझ्ने, आवेदन दिने जति लाई आफू करारमा भर्ना हुने मनसाय भएको र फाईल फिर्ता लिन फोन गर्छन । आलटाल गरे रक्सि खाएर फोन गर्ने र थर्काउने गर्दा रहेछन । शिक्षक धामी बुंगल नगरपालिकाका मेयरका फुपुका छोरा पर्छन । शिक्षक धामीले नगर प्रमुखकाे नामै लिएर धम्क्याउने गाली बेईज्जत गर्ने गरेकाे पाईएकाे छ । आफू करारमा भर्ना हुन हदै सम्म गरेका धामीको कुनै सीप नलागेपछि, आफु करारमा नियुक्त हुन सक्ने अवस्था नआएपछी चार जनाका फाईल दर्ता नगरि एकल फाईल दर्ता भएको भनेर निर्णय गराउछन । कसैका पनि आवेदन नबुझ्ने र आवेदन नपरेको भनेर करार नियुक्तिका लागि माग गर्ने योजना असफल भएपछि एकल आवेदन परेको भनि प्रक्रिया अघि बढाउछन । यो विषयमा पालिकामा निवेदन परेपछि शाखा प्रमुखले शिक्षक धामी संग स्पष्टिकरण सोध्छन । धामीले एक जनाको बाहेक कसैको निवेदन नपरेको बताउछन
पिडित पक्ष के भन्छ ?
यता पिडित शिक्षकका श्रीमान मकरराज धामीले सरुवा प्रक्रियामा योजनाबद्ध तरिकाले आफ्ना मान्छे भित्र्याउन गरिएको षडयन्त्र भएकाले सहन गाह्रो भएर सामाजिक संजालमा लेख्न बाध्य भएको बताउनु भयो । आफुले यो बिषयमा नगरपालिका प्रमुख उप प्रमुख प्रमुख प्रसासकिय अधिकृत र शिक्षा शाखा प्रमुख संग आवश्यक छानविन गर्न टेलिफोन मार्फत कुराकानी गरेपनि वेवास्ता गरेको आरोप लगाउनु भयो । अहिले सरुवाका लागी अनिवार्य रुपमा डिजिटल माध्यमबाट पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । तर विद्यालयले त्यसो गरेन । अब बुंगलमा नेटवर्क पनि नहुने र नेटले राम्ररी काम नगर्ने भएर नराखेको होला भन्ने सोच भयो तर षडयन्त्र अर्कै रहेछ । विज्ञापनको समयावधि सकिनु तीन दिन अगावै आवश्यक कागजात सहित भाई पत्रकार सुरेस धामीलाई पठाएको थिए । त्यो दिन विद्यालय बन्द रहेको र शंकर धामीलाई फोन गर्दा फोन नउठाएपछि परिचरलाई फोन गर्दा दुबै जना विहे भोजमा भएको र फाइल परिचरको घरमा छाडन भनेपछि त्यहि छोडेर आएका थिए । उनले भने म अचम्ममा परेको छु । शिक्षक धामीले मलाई आवेदन फिर्ता लिन बेला बेला फोन गरेका थिए । अरु मार्फत पनि फोन गर्न लगाएका थिए । मैले मानिन् । नमाने पछि सबै भन्दा जुनिअर शिक्षकको नाममा निर्णय गरेछन । यदि मेरो आवेदन नै परेको थिएन फाइल विद्यालयमा नपुगेको भए शंकर धामीले मलाई आवेदन फिर्ता लिन बारम्बार दवाव किन दिए । हामी चार जनाका फाइल हरु अझै विद्यालयमा सुरक्षित रहेको छन । यस बारेमा विद्यालयका विव्यस अध्यक्ष चक्र बोहरालाई बुझ्दा पनि हुन्छ ।
निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो यस विषयमा सम्बन्धित पक्षले शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय न्यायिक समितिसमक्ष छानबिनका लागि निवेदन दिएको जनाएको छ । तर हालसम्म आफ्नो निवेदनमाथि प्रभावकारी सुनुवाइ नभएको गुनासो पिडित पक्षको छ । खासमा निवेदन परेपछि शिक्षा शाखाले के कसो भएको हो आवश्यक प्रक्रिया पर्याएर आउनु भनेर विद्यालयला पत्र पठाउनु पर्ने ठाँउमा यो विवाद कार्यपालिकाको निर्णय बाट समाधान गराउनु पर्ने भनेर पन्छिन खोजेको छ । भट्ट भन्छिन अहिलेको सरुवा प्रक्रिया अनुसार म सबैभन्दा जेष्ठ थिए । जुनसुकै विद्यालयमा पनि सहजै सरुवा भइन्थ्यो । तर अरु ठाँउमा सिनियर परेपछि अनिवार्य सोहि ठाँउमा जानुपर्ने प्रावधान भएकाले मेरो घरबाट नजिक पर्ने विद्यालय भनेर आवेदन दिएको थिए । जुनियर सर हरुले अरु विद्यालयमा पनि आवेदन दिए । तर यसरी षडयन्त्रको सिकार भईन्छ भनेर सोचेकै थिईन । अरु विद्यालयमा इमेलमा कागजात पठाएकै भरमा दर्ता भएर योग्यताक्रमको सुचीमा ईमेलमै पठाउथे तर बुंगलमा अर्कै नियमावली कार्यान्वयनमा रहेछ ।
शिक्षक सरुवाका निश्चित मापदण्ड र कानुनी प्रक्रिया छन । यसरी कसैको व्यक्तिगत सम्बन्ध, पहुँच वा भनसुनका आधारमा निर्णय भएको हो वा होइन भन्ने प्रश्नको जवाफ छानबिनबाटै आउनुपर्ने हुन्छ । यश बिषयमा उप प्रमुख धन बहादुर बाेहराले विद्यालयमा भएका फाईल पालिका झिकाउन र आवश्यक प्रक्रिया अगाडि बढाउन शिक्षा शाखा प्रमुखलाई निर्देशन दिएकाे र फाइल पालिका पुगि सकेकाे बताउनु भयाे ।
प्रतिक्रिया जनाउनुहाेस्
























