बुंगलका जुम्ल्याहा दाजुभाइले धनगढीमा सञ्चालन गरे ‘ओभन बेकरी हाउस एण्ड क्याफे’

Image

बझाङ – बुङ्गल नगरपालिका–७ लुङ्गाडाका दुई जुम्ल्याहा दाजुभाइले धनगढीमा बेकरी हाउस एण्ड क्याफे सञ्चालनमा ल्याएका छन्।

बुङ्गल स्थायी घर भएका जुम्ल्याहा दाजुभाइ राम देवार र लक्ष्मन देवारले धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित एक्सिस कलेज अगाडि, रोड बैंक चोक जाने बाटोमा ‘ओभन बेकरी हाउस एण्ड क्याफे’ सञ्चालनमा ल्याएका हुन्।

बुङ्गलमै एसईई दिएपछि अध्ययनका लागि धनगढी पुगेका राम र लक्ष्मनले पढाइसँगै व्यवसाय गर्ने सोच बनाएर बेकरी हाउस एण्ड क्याफे सञ्चालन गरेको बताएका छन्। उनीहरूले करिब २५ लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन्।

क्याफे भित्रको तस्बिर

क्याफेमा कफी, विभिन्न बेकरी परिकार, क्रोइसाँ, प्याटिस, कुकीज, डोनट, चिज केक, ताजा ब्रेड, जन्मदिनका केक, पिज्जा, बर्गरलगायतका विभिन्न ताजा परिकार उपलब्ध हुने सञ्चालक राम र लक्ष्मन देवारले जानकारी दिएका छन्।

दुई जुम्ल्याहा दाजुभाइले अध्ययनसँगै आफ्नै व्यवसायमार्फत आत्मनिर्भर बन्ने उद्देश्यले धनगढीमा नयाँ व्यवसाय सुरु गरेको बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन