बुङ्गलमा आलु जोन विस्तारबारे अभिमुखीकरण, कृषकले उठाए बजारीकरण र प्रविधिका समस्या

Image

बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२ र ८३ का लागि स्वीकृत वार्षिक जोनरसुपरजोन कार्यक्रम अन्तर्गत नयाँ क्षेत्रहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
आज बुङ्गल नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बझाङ कार्यालयका प्रमुख चरित्र नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष लोकेन्द्र जाग्री रहनुभएको थियो। कार्यक्रममा कृषि प्राविधिक, अगुवा कृषक तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या औंल्याएका थिए।

विशेषगरी कृषि उत्पादनको बजारीकरणमा कठिनाइ, उत्पादनको उचित मूल्य नपाइने, भण्डारण तथा यातायातमा समस्या हुने, साथै आधुनिक कृषि प्रविधि गाउँसम्म पुग्न नसकेको जस्ता विषयहरू उठान गरिएको थियो।सहभागीहरूले कृषि उत्पादनको प्रभावकारी बजारीकरण व्यवस्था गर्नुपर्ने, उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि अपनाउनुपर्ने, कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने तथा सुन्तला जातका फलफूलको जोन विस्तार र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा उपस्थित सम्पूर्ण सरोकारवालाहरूले सुन्तला जोनलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा सहमति जनाएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्