बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Image

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् ।

विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक विज्ञान, सौर्य, जैविक तथा वायु ऊर्जा लगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य चन्दा जोशी, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिवी विष्टलगायतले मन्तव्य राख्दै पत्रकारहरुले गुणस्तरीय र जिम्मेवार भएर विज्ञान समाचार लेखनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन