बझाङ । बझाङको बुङ्गल नगरपालिका–३ खोल्लेकस्थित रत्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कर्णबहादुर धामी चयन हुनुभएको छ।
सोमबार बसेको अभिभावक भेलाबाट नौं सदस्यीय समितिको टुङ्गो लगाएको थियो । ९ सदस्यीय समिति बाट मनोनीत हुदै आज अध्यक्षमा धामी सर्वसम्मत चयन हुनुभएको हो।
अभिभावक भेलाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना सुदृढीकरण तथा विद्यार्थीमैत्री वातावरण विकासका लागि नयाँ समितिलाई जिम्मेवारी प्रदान गरेको विद्यालयका प्रधानाध्यापक राम बहादुर विश्वकर्माले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष कर्णबहादुर धामीले विद्यालयको समग्र विकासका लागि अभिभावक, शिक्षक तथा स्थानीय समुदायको नियमित समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेलामा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा शिक्षाप्रेमीहरूको सहभागिता रहेको थियो।
























