सुदूरपश्चिमाञ्चल साहित्य समाजको बझाङ शाखा विस्तार, संयोजकमा मल्ल चयन

Image

बझाङ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको बझाङ शाखा शनिबार रायलमा सम्पन्न एक विशेष समारोहमार्फत औपचारिक रूपमा विस्तार गरिएको छ। शाखा विस्तारसँगै नयाँ १३ सदस्यीय समिति पनि गठन गरिएको हो।

नवगठित समितिको संयोजकमा पूर्णबहादुर मल्ल चयन भएका छन् भने सचिवका रूपमा शैलेन्द्र सिंह जिम्मेवारी पाएका छन्। अन्य सदस्यहरूमा विकास थापा, गोकुल जोशी, मीना मल्ल, दीप सुस्केरा, मुकेश खाती, विर विकल धामी, लख्खु सिंह, नवप्रगति, प्रेम विष्ट र साहित्यकार सुनिल बोहरा रहेका छन्।

गर्जेपानी माध्यमिक विद्यालय, रायलमा सम्पन्न शाखा विस्तार तथा रचना वाचन कार्यक्रममा स्थानीय साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए। कार्यक्रममा साहित्य प्रेमी, शिक्षाकर्मी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन