बझाङ : राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बझाङले बुधबार जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम गरेको छ ।
संघको केन्द्रीय सर्कुलरअनुसार गरिएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष धिरेन्द्र बहादुर सिंहले अस्पतालमा रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार रक्तदानमार्फत जिल्लावासीलाई आवश्यक पर्दा समयमै सहयोग पुर्याउने उद्देश्य रहेको उनको भनाई छ ।
कार्यक्रममा युवा संघका पाँच जना सदस्यले रक्तदान गरेका छन् भने अन्य सदस्यहरूको रगतको समूह छुट्याएर आवश्यक पर्दा तत्काल उपलब्ध हुने व्यवस्था गरिएको केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज संसार खड्काले बताए।
अस्पतालले रगतको अभाव हुने समयमा समेत युवा संघले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ। सोही अवसरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संसार खड्कालाई स्वागत र बधाईसमेत दिइएको थियो।
























