काठमाण्डौ फोरेस्ट्री कलेज, चन्द्रगिरी–०८ मथातिर्था, काठमाडौंमा १५औँ अन्तर्राष्ट्रिय बाघ दिवस विशेष कार्यक्रम गरि भव्य रूपमा सम्पन्न गरिएकाे छ । बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा संरक्षण क्षेत्रमा क्रियाशील विज्ञहरू,विद्यार्थीहरू, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुरेन्द्र खातीले गर्नु भएको थियो।
कार्यक्रमको सुरुवात सह–प्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विशेषज्ञ अरुण शर्मा पौडेलले अन्तर्राष्ट्रिय बाघ दिवसको पृष्ठभूमि र कार्यक्रमको उद्देश्यबारे संक्षिप्त जानकारी गराउँदै गराउनु भएकाे थियाे भने, डा. झमक कार्की बाघ विशेषज्ञ तथा स्वतन्त्र अनुसन्धानकर्ता ले बाघ संरक्षणका दृष्टिकोण र चुनौतीहरूका विषयमा प्रस्तुति दिदै उहाँले बाघको वासस्थानमा भइरहेको अतिक्रमण, सडक विस्तारसँग सम्बन्धित दुर्घटनाहरू र संरक्षणमा अपनाइनुपर्ने दृष्टिकोणबारे उदाहरणसहित व्याख्या गर्नुभएकाे थियाे ।त्यस्तै संरक्षण अधिकृत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मनोज एरेले प्रस्तु गर्नुभएकाे थियाे । उहाँले बाघ र मानवबीच बढ्दो द्वन्द्व, संरक्षण अभ्यासहरू वर्तमान नीतिहरू तथा व्यवहारिक समस्याहरूका बारेमा आफ्नो अनुभव र अध्ययनका आधारमा विस्तृत जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बाघ संरक्षणमा देखा परेका चुनौती र समाधानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू” भन्ने शीर्षकमा प्यानल छलफल आयोजना गरिएको थियो। प्यानलमा डा. झमक कार्की, अरुण शर्मा पौडेल र मनोज एरे सहभागी हुनुहुन्थ्यो भने छलफलको संयोजन काठमाण्डौ फोरेस्ट्री कलेजका बीएससी फोरेस्ट्री विद्यार्थी कपिल बिष्टले गर्नुभएको थियो। छलफलका क्रममा वक्ताहरूले नेपालमा बाघ संरक्षणमा भइरहेका प्रयास, चुनौती, तथा भविष्यका सम्भाव्य कदमहरूबारे आफ्ना विचार राख्नुका साथै युवाहरूको भूमिकाबारे पनि जोड दिनुभयो। झमक कार्कीले वन्यजन्तु पथ (wildlife corridor) निर्माणमा ध्यान दिनु आवश्यक रहेको र सडक योजनाहरूले वन्यजन्तुलाई असर पुर्याइरहेको भन्दै सचेतता आवश्यक रहेको उल्लेख गर्नुभयो। अरुण शर्मा पौडेलले सामुदायिक सहकार्य र नीतिगत समन्वयको खाँचो औँल्याउनुभयो भने मनोज एरेले द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक उपायहरूसँगै स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन काठमाण्डौ फोरेस्ट्री कलेजका प्राचार्य प्रोफेसर डा. मेदनी प्रसाद भण्डारीले गर्नु भयो। उहाँले सम्पूर्ण वक्ता, सहभागी, संयोजक र आयोजक टोलिलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले संरक्षण शिक्षामा युवाहरूको अभिवृद्धि र व्यवहारिक ज्ञानको आदानप्रदानमा विशेष भूमिका खेल्ने उल्लेख गर्नुभयो।

























