रणनीति समिक्षा परामर्श गोष्ठी चैनपुरमा सम्पन्न

Image

बझाङ – दलित सहयोग समाज, प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा आयोजित २ दिने रणनीति समिक्षा परामर्श गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ।दलित सहयोग समाजद्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन  परियोजना संयोजक रमेश बहादुर मालीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। गोष्ठीको अध्यक्षता प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति प्रमुख वीर बहादुर बोहरा सहभागी हुनु भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जयपृथ्वी नगरपालिका उप–मेयर रतन बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी,अतिथिमा डिभिजन वन कार्यालय प्रमुख शम्भु प्रसाद तिवारी, सशस्त्र प्रहरी डिएसपी दुर्गा प्रसाद भट्ट, नेपाल प्रहरी डिएसपी युवराज भण्डारी, राष्ट्रिय अनुसन्धान विभाग डिएसपी भगिरथ बहादुर चन्द, कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरु, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख कविराज कठायत, जयपृथ्वी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, केदारस्यु गाउँपालिका र जयपृथ्वी नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिक, प्रगतिशीलका कार्यकारी निर्देशक लवराज जोशी, दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपाली तथा दुबै संस्थाका कर्मचारी, सञ्चारकर्मी, महिला स्वयंसेविका, शिक्षक, बालबालिका र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा २०२६ देखि २०३० सम्मको रणनीति निर्माणका लागि समुदायले भोग्दै आएका समस्या, ती समस्याका मूल कारण, सम्भावित समाधान, कार्यक्रमको पहिचान, जोखिम मूल्यांकन, साझेदार र सरोकारवालाको पहिचान लगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाहरूले सुझाव, प्रतिक्रिया र मार्गदर्शन प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि बोहराले ५ वर्षे योजना अन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि, जीविकोपार्जन लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आउने आशा व्यक्त गर्दै वर्ल्ड भिजनको कार्यक्रम कार्यान्वयन भएका सबै पालिकामा प्रत्येक वडामा लागू गर्न अनुरोध गर्नुभयो।

कार्यक्रमको समापन मन्तव्य दिँदै सभाध्यक्ष रमेश केसीले यो रणनीतिक कार्यक्रमले बालबालिकालाई पाउने अधिकार सुनिश्चित गर्न र क्षेत्रको विकासमा नयाँ आयाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सबै सरोकारवालाको सहकार्य र सहभागिता आवश्यक रहेको धारणा राख्दै कार्यक्रमप्रति आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन