त्रिवेणी आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा खाेल्लेकमा बृक्षारोपण कार्यक्रम हुने

Image

बझाङ । बुंगल नगरपालिका–३ स्थित मिनिखप्तडको रुपमा परिचित खाेल्लेकमा बृक्षारोपण कार्यक्रम हुने भएको छ। त्रिवेणी आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा असार २० गते बिहान ९ बजे कार्यक्रम सञ्चालन हुने भएको हो।

स्ववियु अध्यक्ष चन्द्र बोहराका अनुसार प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको खाेल्लेक क्षेत्रमा हरियाली संरक्षणका लागि बृक्षारोपण गरिन लागिएको हो।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि, बन रक्षक तथा त्रिवेणी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ।

अध्यक्ष बोहराले मिनिखप्तडको संरक्षण, पर्यावरण सन्तुलन र भविष्यको पुस्तालाई हरियाली सन्देश दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्