विद्यार्थीकाे सहजताका लागी सुनकुडा क्याम्पसको पहलमा अटो चालक र स्ववियुबीच सम्झौता, २०% छुट दिने

Image

बझाङ – सुनकुडा क्याम्पसका विद्यार्थीहरूको दैनिकी यात्रा सहज, सुरक्षित र शुलभ बनाउने उद्देश्यका साथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सुनकुडा क्याम्पस र बित्थडचिर गाउँपालिका भित्र सञ्चालनमा रहेका अटो चालक/सञ्चालकहरूबीच २० प्रतिशत छुट दिने औपचारिक सम्झौता भएको छ।

आज असार १७ गते सुनकुडा क्याम्पसमा आयोजित एक विशेष कार्यक्रममार्फत यो सम्झौता भएको हो। सम्झौतामा स्ववियु अध्यक्ष कपिल बिष्ट र अटो चालक प्रतिनिधि गणेशलाल विकबीच हस्ताक्षर भएको हो। साथै, सम्झौतामा सुनकुडा क्याम्पस प्रमुख ललित बहादुर बिष्ट, वडा नं. ८ अध्यक्ष तथा गाउँपालिका प्रवक्ता सुशील अधिकारी र वडा नं. ९ अध्यक्ष हरिश्चन्द्र जोशी लगायतको रोहबर रहेको थियो।

सम्झौता अनुसार, सुनकुडा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर अटो सेवामा २० प्रतिशत छुट पाउने छन्। यो सम्झौता आगामी १ वर्षसम्म लागू हुनेछ। सम्झौतामा जम्मा १७ जना अटो चालकहरूले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा अटो चालक भक्त ढाँटले विद्यार्थीलाई सहजता दिन गरिएको यो सहमतिलाई सकारात्मक भन्दै भविष्यमा पनि विद्यार्थी मैत्री सेवाका लागि प्रतिबद्ध रहने बताए। क्याम्पस प्रमुख ललित बहादुर बिष्टले अटो चालकहरूको यस सहुलियतपूर्ण कदमप्रति धन्यवाद व्यक्त गर्दै संस्थागत रूपमा क्याम्पसले समेत यस्ता सहकार्यलाई निरन्तरता दिने बताएका छन्।त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष सुशील अधिकारीले स्ववियु र अटो चालकबीचको सहकार्य उदाहरणीय रहेको र यसले अन्य पालिकालाई पनि प्रेरणा दिने बताए।

स्ववियु अध्यक्ष कपिल बिष्टले अटो चालक/सञ्चालकहरूलाई धन्यवाद दिँदै विद्यार्थीको पक्षमा यस्ता व्यवहारिक सम्झदारीहरू भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले अटो चालकहरूलाई समाज निर्माणका अग्रपंक्तिका श्रमिकको रूपमा सम्मान गर्दै खादा र सम्मानपत्र प्रदान गरिएको जानकारी दिए।

कार्यक्रम क्याम्पस प्रशासन, अटो चालक, विद्यार्थी प्रतिनिधि र सरोकारवाला निकायहरूको सक्रिय उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन