माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा बझाङबाट उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थी सार्वजनिक 

Image

बझाङ । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा बझाङ जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको नाम सार्वजनिक गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई बझाङले जिल्लाका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीहरूको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक सूचीअनुसार, श्री महादेव माध्यमिक विद्यालय, लिम स्याँडि बित्थडचिरकी प्रतिभा जोशीले ३.९६ जिपिए ल्याएर जिल्लामै प्रथम स्थान हासिल गरेकी छन्।

त्यस्तै, पुर्णचन्द्रोदय मावि, कुलाकाटनेकी जेनिशा सिंहले ३.७४ जिपिए ल्याएर दोस्रो स्थान प्राप्त गरेकी छन्।

सुनिपिपलचौर मावि, सुबेड़ाका प्रकाश उपाध्यायले ३.७१ जिपिएसहित तेस्रो स्थान हासिल गरेका छन्।

त्यसैगरी, बाल विकास मावि, गोलाईका ललित कुमार ओखेडाले ३.७० जिपिए,दुर्गा भवानी मावि, तलकोटका सन्देश कुमार सिंहले ३.६७ जिपिए,सुनिपिपलचौर मावि, सुबेड़ाका अभिषेक कोईरालाले ३.६६ जिपिए,सत्य मावि, भोपुरका सुनिल बोहरा र सलिना आर.बी दुबैजना ३.६५ जिपिए,सक्षम बमले ३.६१ जिपिए,र दुर्गा मावि, सैनपसेलाका निखिल जप्रेलले पनि ३.६१ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई बझाङले उनीहरूलाई बधाई तथा आगामी अध्ययन यात्रामा सफलताको शुभकामना दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन