बझाङको बुगंलमा अटोको ठक्करबाट एक महिला घाइते

Image

बझाङ – बुगंल नगरपालिका ४ बिजगाडा बजारमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिला घाइते भएकी छन्। आज बिहान करिब ८:४० बजे तिर सु.प.प्र. ०१००१ ह ६३१७ नम्बरको अटोले बाटो क्रस गरिरहेकी एक पैदलयात्रीलाई ठक्कर दिएको हो।

केदारस्युँ गाउँपालिका ५ का ४० वर्षीय शंकर बोहराले चलाएको उक्त अटोको ठक्करबाट बुगंल नगरपालिका–५ की ७७ वर्षीया खण्टी देवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ। ठक्करबाट धामीको बायाँ हात र खुट्टामा चोट लागेको छ।

घाइते धामीलाई तत्कालै खिरातडी स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो भने थप उपचारका लागि सोही अटोमार्फत चालकले नै उनलाई धनगढीतर्फ लगेको प्रहरीले जानकारी दिएको छ।

धामीको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन