बझाङ — बझाङ जिल्लाकाे केदारस्युँ गाउँपालिका वडा नम्बर ३ मैतोलिकी २३ वर्षीया तुल्सि बिष्ट ४ दिनदेखि बेपत्ता भएकी छन्। पारिवारिक स्रोतका अनुसार उहाँ जेठ १७ गते घरायसी कामका लागि बाहिर निस्केकी थिइन्, त्यसै दिनदेखि सम्पर्कविहीन हुनु भएकाे हाे।
बेपत्ता तुल्सि बिष्ट राजेन्द्र बिष्टकी श्रीमती हुन्। उहाँकाे एक सन्तान (छाेरा) घरमै रहेकाे जनाइएको छ। परिवारकाे भनाइअनुसार अहिलेसम्म कुनै जानकारी नआएपछि चिन्ता थप बढेकाे छ।
उहाँलाई कतै देखेमा वा कुनै जानकारी भएमा श्रीमान राजेन्द्र बिष्ट (फोन नं. ९७६५४४०१५२) वा नजिककाे प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क गरिदिन परिवारजनले सबैमा अनुरोध गरेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्

























