बझाङ । नेकपा एकीकृत समाजवादी पार्टी बुङ्गल नगरकमिटीको अध्यक्षमा लोकराज जोशी चयन भएका छन्। बुङ्गल नगरपालिकाको बिजगडामा सम्पन्न प्रथम नगर अधिवेशन तथा नगर भेलाबाट जोशी अध्यक्षमा निर्वाचित भएका हुन्। उक्त अधिवेशनले उपाध्यक्षमा कमल बोहरा ९कलक०, सचिवमा जय कुँवर, उपसचिवमा सचिन जाग्री, र विमला बिष्टसहित ५१ सदस्यीय नगर कमिटी चयन गरेको हो। उक्त अधिवेशनबाट पार्टीको यही जेठ १२ गते हुने बझाङ जिल्ला अधिवेशनका लागि ३३ जना अधिवेशन प्रतिनिधि समेत छनोट गरिएको छ। कार्यक्रममा नगर इञ्चार्ज बिर्ख बोहरा सभापति रहनुभएको थियो भने प्रमुख अतिथि पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोशी रहनुभएको थियो। विशिष्ट अतिथि पोलिटब्युरो सदस्य विरेन्द्र भण्डारी र अतिथि प्रदेश उपाध्यक्ष एवं बुङ्गल नगरपालिकाका उप–प्रमुख धन बहादुर बोहरा लगायतका नेताहरु हुनुहुन्थ्यो।
नेकपा एकीकृत समाजवादी बुङ्गल नगरकमिटीको अध्यक्षमा लोकराज जोशी चयन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












