बझाङ जिल्लाको बुंगल नगरपालिका–३ स्थित छान्ने खोलानजिक आज दिउँसो करिब ४:४० बजे एक जीप दुर्घटनामा परेको छ। बुंगल नगरपालिका–४, बिजगडा बजारबाट खोल्लेतर्फ जाँदै गरेको से.१ज.४७७ नम्बरको जीप ब्रेक फेल भएर करिब ७ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा जीप चालक ३४ वर्षीय शंकर बोहरा सहित जीपमा जम्मा ६ जना सवार थिए। सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा जीपमा हल्का क्षति पुगेको छ।
घटना स्थानीय कच्ची सडकखण्डमा भएको हो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्

























