हावाहुरीले क्षेत्री पुर्याएकाे ईनढुङ्गा जलवायुमैत्री कृषक पाठशाला पुनः निर्माण

बझाङ – हावाहुरीले पूर्ण रूपमा क्षति पुर्याएकाे ईनढुङ्गा जलवायुमैत्री कृषक पाठशालाको प्लास्टिक टनेल पुनः निर्माण भएको छ।दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा तथा केदारस्युँ गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्थापना गरिएको बझाङकाे केदारस्युँ गाउँपालिका वडा नम्बर २ मा पर्ने इनढुङ्गा जलवायुमैत्री पाठशाला हावाहुरिले उडायर पुर्णरुपमा क्षेत्री पुर्याएकाे थियाे ।

यु.भि. प्लास्टिक द्वारा निर्मित टनेल हावाहुरीले उडाएर नष्ट गरेको थियो भने, थोपा सिँचाइका लागि प्रयोग गरिएका ड्रमसमेत फुटेको थियो। कार्यालयले फुटेको ड्रमसमेत छिट्टै उपलब्ध गराउने विश्वास दिलाएको छ।


स्थानीय जलबायुमैत्री कृषक पाठशाला सहजकर्ता अशोक भण्डारीका अनुसार पुनः निर्माणपछि कृषकहरूलाई सहज रूपमा खेती गर्न सकिने वातावरण तयार भएको छ। यस पुनर्निर्माणले स्थानीय कृषकहरूको उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन