समाजवादीका बुंगल नगरकमिटी अध्यक्ष सहित नेता कार्यकर्ता एमालेमा फर्किए

Image

बझाङ – बुंगल नगरपालिकामा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य सहित केही नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । नेकपा (एमाले)ले आयोजना गरेको बुंगल नगरकमिटीको दोस्रो नगर अधिवेशनमा समाजवादीका जिल्ला सचिवालय सदस्य कर्ण धामी, जिल्ला कमिटी सदस्य गोर्ख धामी, नगरकमिटी अध्यक्ष दिपक कुँवर र नेपाली काँग्रेसबाट जयराज धामी आज एमालेमा फर्किएका हुन् ।

मोहन कुँवरको अध्यक्षतामा सुरु भएको अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह रहेका छन् भने, केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा, संविधानसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य एलवी रावल, प्रदेश कमिटी सचिवालय सदस्य तथा जयपृथ्वी नगरकमिटी इन्चार्ज जनकराज जोशी, पार्टीका जिल्ला अध्यक्ष दिल बहादुर भण्डारी लगाएत नेताहरु सहभागी भएका छन् । अधिवेशनले नगरकमिटीको नयाँ नेतृत्व चयन समेत गर्ने नेकपा एमाले बुंगल नगरकमिटी सचिव दिपकराज जोशीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन