बझाङ – केदारस्यु गाउँपालिका वडा नं. ६ को भाडसैनमा बाख्रापालक किसानहरूको उत्पादन वृद्धि र बाख्राको स्वास्थ्य सुधार गर्न दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाकाे सहयोगमा डिपिङ ट्याङ्की निर्माण गरिएको छ।
डिपिङ ट्याङ्कीमार्फत बाख्राहरूलाई नियमित रुपमा उपचार गरिँदा छालाजन्य रोग नियन्त्रण गर्न, परजीवी हटाउन, र समग्र स्वास्थ्य सुधार गर्न मद्दत पुग्नेछ। यसले बाख्राको मासु उत्पादनलाई गुणस्तरीय बनाउनुका साथै किसानहरूको आम्दानीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।
स्थानीय किसान राम बहादुर धामि का अनुसार, डिपिङ ट्याङ्कीको प्रयोगले बाख्रालाई स्वस्थ राख्न मद्दत गर्नेछ र उत्पादनमा सुधार ल्याउनेछ।यस परियोजनाले बाख्रापालन व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्य राखेको छ। किसानहरूले यसको अधिकतम लाभ उठाउन सक्ने परियोजना संयोजक रमेश बहादुर मालीलेकाे भनाई छ ।

























