बझाङ – शिक्षक सेवा आयाेगमा नाम निकालेकाे खुसियालीमा दुर्गाथली गाउँपालिका वडा नम्वर ३ ले दुइ जनालाइ आज एक औंपचारिक कार्यक्रमका बिच सम्मान गरिएकाे छ । शिक्षक सेवा आयोगले लिएको तृतीय श्रेणीको प्रा .वी तहकाे परीक्षामा नाम निकाल्न सफल भएकाे खुसियालीमा दुर्गाथली गाउँपालिका ३ बिजाडाकि रश्मि कुमारी मण्डेल र माैलालीका रबिन्द्र बहादुर रावललाइ आज दुर्गाथली गाउँपालिका वडा नम्बर ३ माैलालीमा भव्यताका साथ खाँदा र मालाले सम्मान गरिएकाे छ । दुर्गथली गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रमेश बहादुर बाेहराले उनिहरुलाइ सम्मान गर्दै आगामी कार्यकालकाे शुभकामना व्यक्त गर्नुभएकाे छ । शिक्षक सेवा आयाेगकाे तयारी गरीरहेका अरु बिद्यार्थीहरुलाई परिश्रमकाे फल मिठाे हुन्छ भन्ने सन्देश दिनु र अरु बिद्यार्थीहरुलाइ पनि उत्साहित गर्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे दुर्गाथली गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रमेश बहादुर बाेहराले बताउनुभयाे ।
उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै सम्मानित ब्यक्तिहरुले खुसि हुँदै दुर्गाथलि गाउँपालिका वडा नम्बर ३ परिवार लगाएत वडाध्यक्ष बाेहरालाइ बिशेष आभार प्रकट गरेका थिय ।

























