शिक्षाेदय माध्यमिक बिद्यालयका बिद्यार्थीहरुकाे दृष्टि चेकजाँच , ३२ जनालाई चस्मा वितरण

Image

बझाङ – केदारस्युँ गाउँपालिका ४ स्थित शिक्षाेदय माध्यमिक बिद्यालयका बिद्यार्थीहरुकाे दृष्टि चेकजाँच गरिएकाे छ ।आज च्यारिटी हेल्थ फाउन्डेसनकाे सहयाेगमा र केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा आँखा उपचार केन्द्र देउरा शाखाकाे समन्वयमा बिद्यालयमै पुगेर बिद्यार्थीहरुकाे दृष्टि चेकजाँच गरिएकाे हाे । दृष्टि चेकजाँच गर्दा ३२ जना बिद्यार्थीहरुकाे दृष्टि कम्जाेर भएकाे र उक्त ३२ जना बिद्यार्थीहरुलाई केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिषा धामीकाे उपस्थितमा र च्यारिटी हेल्थ फाउनडेसनकाे सहयाेगमा चस्मा बितरण गरिएकाे केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टले जानकारी दिनुभएकाे छ । बिष्टका अनुसार अबकाे केहिदिनमा पालिकाका अन्य बिद्यालयमा पनि दृष्टि चेकजाँचकाे लागि पहल चालिने छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन