बझाङ – डुम्राकोट प्रगतिशील समाज ( DPS NEPAL) काे आयाेजनामा बित्थडचिर ७ मा प्रथम DPS खुला अन्तर-बिद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ हुने भएकाे छ ।
“ज्ञानको खोजी र प्रतिस्पर्धाबाट सशक्तिकरण” भन्ने मूल नाराका साथ डुम्राकोट प्रगतिशिल समाज (DPS Nepal) को आयोजनामा प्रथम DPS खुला अन्तर-बिद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ यही फाल्गुन २ गते शुक्रबार सुनकुडा नमुना मा.वि., बित्थड चिर–०९, काे प्राङ्गणमा हुनेभएकाे छ ।
उक्त प्रतियोगिता माध्यामिक तहका विद्यार्थीहरूलाई ज्ञानको खोजी, तार्किक सोचको विकास र प्रतिस्पर्धात्मक क्षमतामा सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ । DPS Nepal ले शिक्षा र सीप विकासका लागि विद्यार्थीहरूलाई यस्ता सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै आएको छ। उक्त प्रतियोगिताका नियम र दर्ता प्रक्रियाहरु एक विद्यालयबाट एक टिम मात्र सहभागी गराउनु पर्ने छ । प्रत्येक टिममा ४ जना सदस्य रहनेछन्, जसमा १ छात्रा अनिवार्य रूपमा समावेश हुनुपर्नेछ।टिम दर्ताका लागि विद्यालयको आधिकारिक लेटरहेडमा विद्यार्थीहरूको नाम र कक्षा उल्लेख गर्नुपर्नेछ।टिम दर्ता शुल्क निःशुल्क रहेको छ भने टिम दर्ता अन्तिम मिति: फाल्गुन १ गते बेलुका ५ बजे सम्म गराइ सक्नु पर्ने छ । टिम दर्ता फोन वा अनलाइन माध्यमबाट गर्न सकिनेछ।
प्रतियोगिताका विजयी टिमहरूलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र तथा विशेष छात्रवृत्ति प्रदान गरिनेछ।
उक्त प्रतियोगितामा सहभागी भई पहिलो स्थान हाँसिल गर्नेलाई रू ७ हजार मेडल प्रमाणपत्र र ब्रिजक्राेष अध्ययनका लागि काठमाडौं गएका हरुका लागि १००% छुट गरिने ,दाेस्राे स्थान हाँसिल गर्नेलाइ रू ४ हजार सहित मेडल प्रमाणपत्र र ब्रिजक्राेष अध्ययनका लागि ६०% छुट गरिएकाे छ त्यस्तै तेस्रो स्थान हाँसिल गर्नेलाइ रु २ हजार मेडल प्रमाणपत्र र ब्रिजक्राेष अध्ययनका लागि ४०% छुट गरिएकाे छ भने चौथो स्थान हाँसिल गर्नेलाई रु १ हजार मेडल प्रमाणपत्र र ब्रिजक्राेष अध्ययनका लागि २०% छुट गरिएकाे DPS Nepal का अध्यक्ष कपिल बिष्टले जानकारि दिनुभएकाे छ ।

अध्यक्ष कपिल बिष्ट सरकारका अनुसार, “हामी विश्वास गर्छौं कि ज्ञानको खोजीले नै विद्यार्थीहरूलाई सशक्त बनाउँछ। यो प्रतियोगिताले विद्यार्थीहरूलाई सोच्न, सिक्न र प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन प्रेरित गर्ने बिस्वास लिएकाे छ ।
सम्पर्कका लागि अध्यक्ष: कपिल बिष्ट सरकार काे माेबाइल नम्बर ९७४८२२०५९६ , सचिव: सुरेश बिष्ट ९७४४२९१३३३ र कोषाध्यक्ष: मधब बिष्ट ९७४६३२४११८ मा सम्पर्क गर्न सकिने छ । DPS Nepal ले सम्पूर्ण विद्यालयहरूलाई समयमा दर्ता गरी प्रतियोगितामा सहभागी हुन अनुरोध गरेको छ। “ज्ञानको खोजी र प्रतिस्पर्धाबाट सशक्तिकरण” नाराका साथ यो प्रतियोगिता विद्यार्थीहरूका लागि एक महत्वपूर्ण अवसर बन्नेछ।

























