बझाङ – वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित सहयोग समाजद्वारा दुई महिने डिजिटल बजार तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत दलित सहयोग समाजले आयोजना गरेको “दुई महिने डिजिटल बजार तथा वित्तीय साक्षरता” तालिम वडा नं. २, ३, ६ र ८ मा सम्पन्न गरिएकाे हाे ।
१० वटा समूहलाई लक्षित गरी प्रदान गरिएको उक्त तालिमले सहभागीहरूलाई डिजिटल बजार र वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गर्दै, उनीहरूलाई व्यवसायिक अभिलेखिकरण तथा लेखाजोखा गर्न सक्षम बनाउने लक्ष्य राखिएको थियो।
तालिम सञ्चालन वित्तीय सहजकर्ता सङ्गीता अधिकारी, कविता खाती, र लिला नेपाली, लक्ष्मण बि.क ले गर्नु थियाे। हाल वडा नं. २ ,३,६,८ मा तालिम सम्पन्न भइसकेको छ भने वडा ७ मा मात्रै तालिम सम्पन्न हुन बाँकी रहेको छ।
वडा ६ का अध्यक्ष जय बहादु धामिले भन्नू भयो तालिमले सहभागी किसानहरूलाई डिजिटल बजार तथा वित्तीय साक्षरतामा सक्षम बनाउने विश्वास लिएका छौ। साथै, उनीहरू आगामी दिनमा व्यवसायको लेखा-जोखा गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

























