बझाङमा दुई छुट्टाछुट्टै जिप दुर्घटना, ५ जनाको मृत्यु

Image

बझाङ – गएराति बझाङमा दुई छुट्टाछुट्टै स्थानमा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको जिप दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

मृत्युहनेमा केदारस्युँ गाउँपालिका-१, रायलका जिप चालक ३३ वर्षिय शमशेर मल्ल ,तलकोट गाउँपालिका ४ कि ७२ वर्षिय ,जोगेनी देवी धामी उहाँका छोरा ३६ वर्षिय बम बहादुर धामी , र जोगेनी देवीकी नातिनी बर्ष ६ कि आकृति कुमारी धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटना गएराति ८स्३५ बजे तलकोटको धमेनामा भएको हो।

दोस्रो दुर्घटना

मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा जाँदै गरेको सु. प.प्र.०१००१ ज १३९८ नम्बरको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। चालक मष्टा गाउँपालिकाका ४२ वर्षिय धर्म थापाको घटना स्थलमै मृत्यु भएको हो । जिप अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । यो दुर्घटना गएराति ९:०० बजे कोटदेवल भन्ने स्थानमा भएको थियो। दुर्घटनाका बेला थापा जिपमा एक्लै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुवै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीहरूले राति नै उद्दार कार्य सम्पन्न गरेका थिए। पछिल्लो समय बझाङमा सवारी दुर्घटनाहरू बढ्दै गइरहेको छ। जिल्ला प्रहरी कार्यालयले सवारी साधनहरूको नियमित जाँच तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन