बझाङ । थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले आफुले अध्ययन गरेको विद्यालयमा डेढ लाखबढीको फर्निचरका सामाग्रही सहयोग गर्नुभएको छ । पण्डितले आफुले अध्ययन गरेको थलारा गाउँपालिका वडा नं. ८ मा रहेको भवानी माध्यामिक विद्यालय माडौंकाट्नेलाई एक लाख ६८ हजार ५ सय बराबरको फर्निचर सहयोग गर्नुभएको हो ।
शुक्रबार प्रमुख प्रशासकीय अधिकृत पण्डितले विद्यालयमा आफ्र उपस्थित भई एक लाख ६८ हजार ५ सय बराबरको २५ सेट डेस्क बेञ्च विद्यालयलाई हस्तान्तरण गरेको भवानी माध्यामिक विद्यालयले जनाएको छ । विद्यालयमा लाखौका फर्निचर सहयोग गरेको भन्दै विद्यालय परिवारले प्रमुख प्रशासकीय अधिकृत पण्डितलाई धन्यवाद दिएको छ ।
आफुले अध्ययन गरेको विद्यालयलाई आफ्नो क्षमताले भ्याउने सहयोग गर्नु पर्छ भन्ने भावनाले विद्यालयमा सानो सहयोग गरेको थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताउनुभयो ।
























