Jayaprithvi Municipality

भारतमा २४ घण्टाको अवधिमा ९६ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण

भारतमा गएको २४ घण्टामा  ९६ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९६ हजार ७ सय ६० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ ।

विश्वमा गएको २४ घण्टामा २ लाख ९७ हजार नौ सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको संख्या २ करोड ८३ लाख १३ हजार भन्दा धेरै भएको छ । सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३२ लाखभन्दा धेरै निको भएका छन् ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...