ह्याकरहरुको निशानामा अमेरिकाको आउँदो राष्ट्रपति चुनाव

काठमाण्डाै – अमेरिकाको आउँदो राष्ट्रपति चुनावलाई लक्षित गरेर ह्याकरहरु सक्रिय भएका छन । ह्याकरहरुले राष्ट्रपति चुनावमा सामेल भएका व्यक्ति र समूहहरुमा हस्तक्षेप गर्ने कोशिस गरिरहेका माइक्रोसफ्टका टेक फर्मले जनाएकाे  छ ।रुस, चीन र इरानसँगको सम्बन्धमा रहेका ह्याकरहरुको निशानामा राष्ट्रपतिको दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बिडेन  रहेका पनि माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले विज्ञप्ति निकालेर रुसी ह्याकरहरुको समूहले दुई सय भन्दा धेरै संगठनलाई लक्षित गरेका र त्यसमध्ये अमेरिकी राजनीतिक दल पनि रहेका जनाएको छ । समूहले बेलायती राजनीतिक दलहरुलाई पनि निशाना बनाएको खबरमा उल्लेख छ ।

 

Loading...